काठमाडौंको छाउनीमा डाक्टर प्रतिभा धौभडेल मृत अवस्थामा फेला परेकी छन्। >
छाउनीस्थित घरको शौचालयमा बिहीबार बिहान करिब ९ बजे धौभडेल झुण्डिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार धौभडेल उक्त घरमा आफ्ना श्रीमान कविराज भण्डारीसँग बस्दै आएकी थिइन्। ३४ वर्षीया धौभडेल सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । झुण्डिएको देखेपछि श्रीमान भण्डारीले उनलाई छाउनी अस्पताल पुर्याएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। प्रतिभाका श्रीमान पनि डाक्टर नै रहेको प्रहरीले जनाएको छ । धौभडेल लामो समयदेखि डिप्रेशनको औषधि खाइरहेको एसपी अधिकारीले बताए। >
शव पोष्टमर्टमको लागि टिचिङ अस्पतालमा राखिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
>