प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिँदा मात्र निर्वाचन निष्पक्ष हुने बताएका छन् ।>
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित जनप्रगतिशीलआबद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए)सँगको भेटमा उनले विदेशमा रहेका नेपालली मत हाल्न नपाउँदा निर्वाचन फर्जीजस्तो भएको टिप्पणी गरे ।>
“धेरै नेपाली विदेशमा छन्, उनीहरूलाई मतदानको अधिकार दिएपछि मात्रै फेयर इलेक्सन हुने भयो । विदेशमा रहेका लाखौँ नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जी हुने भयो, उहाँबाट फोन गरेका भरमा मत राख्नुपर्ने,” उनले भने, “सोसल मिडियाजस्ता विभिन्न माध्यमबाट प्रभावित गर्ने खतरा भयो ।”>
निर्वाचन भनसुनका आधारमा हुनेजस्तो भएकाले विधिमा ल्याउन, वस्तुगत र वैज्ञानिक बनाउन चुनावको अधिकार दिन पहल गरिएको उनले बताए । अर्को चुनावमा प्रवासीलाई मतदान गराउनुपर्ने भनेर निर्वाचन आयोगलाई निर्देशन दिइएको उल्लेख गरे ।>
>>