प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा उत्पादन भएको थप १२ सय मेगावट विद्युत् किन्न आग्रह गरेका छन् ।>
उनले भारतले वार्षिक ४५० मेगावट विद्युत् किनिरहेको विषयको आफूले स्वागत गर्ने भन्दै थप विद्युत् खरिद गर्न अनुरोध गरेका हुन् । बिहीबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले बंगलादेशसम्म बिजुली बेच्न नेपाललाई बाटो दिएकामा भारत सरकारलाई धन्यवाद पनि दिए ।>
प्रधानमन्त्री प्रचण्डले मोदीको ‘छिमेक पहिला’ नीतिको पनि चर्चा गरे । “आज प्रधानमन्त्री मोदीले पनि भन्नुभयो कि हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पु¥याउँछु भनेर । म यसलाई सम्मान गर्न चाहन्छु, मोदीजीको छिमेकी पहिलो पोलिसीको,” उनले भने, “व्यापार, ट्रान्जिट, लगानी, ऊर्जा विकास, सिँचाइ, कृषि कनेक्टिभिटी जसमा हवाईमार्ग, रेलवे, पुल, ट्रान्समिसन लाइनलगायतलाई अघि बाउने कुरा सराहनीय छ ।”>
“हामीले बंगलादेशलाई विद्युत् बेच्न भारतले मध्यस्तकर्ता बन्न देखाएको इच्छा, म त्यसमा पनि धन्यवाद दिन चाहन्छु । भारतको मार्गबाट ५० मेगावाट बढी विद्युत् बंगलादेशलाई बेच्न सहज हुनेछ,” उनले भने ।>
प्रधानमन्त्री मोदी र आफूले धेरै विषयको सुरुआत गरेको र विभिन्न सात सम्झौता गरेको उनले उल्लेख गरे । आफूहरूले जलविद्युत्मा भइरहेको प्रगति र क्रस बोर्डर ट्रान्समिसन लाइनमा भइरहेको कार्यान्वनयको ‘रिभ्यु’ गरेको उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड बुधबारदेखि चारदिने भारत भ्रमणमा छन् ।>>