मोदीको शपथमा नयाँदिल्ली जाने प्रचण्डको तयारी

लाइभ न्यूज रफतार 3032+ समाचार ( )
२४ जेठ २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् ।

मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने तयारीमा छन् । लोक सभा निर्वाचन परिणामपछि मोदीले बुधबार राजीनामा दिँदै मन्त्रिपरिषद् भंग गरेका थिए । अब नयाँ मन्त्रिपरिषद् गठनको तयारीमा उनी छन् । बुधबार बसेको गठबन्धनको बैठकले सर्वसम्मतीले मोदीलाई नेता चुन्दै तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो ।राष्ट्रपतिबाट उनको नियुक्ति हुन र शपथ ग्रहण समारोहको दिन निश्चित हुन भने बाँकी नै छ ।

शपथ ग्रहण समारोह ८ जुनमा हुने सम्भावना छ । मोदीले शपथ लिने दिन निश्चित भएलगत्तै प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली प्रस्थान गर्ने तयारीमा छन् । 



 

प्रतिक्रिया

सम्बन्धित समाचार