ट्राभल एजेन्सीबाट उदाएका, रेमिट्यान्सको कारोबारमा साझेदार बनेका देवीप्रकाश भट्टचन र कुसुम लामाले एकअर्कालाई सफलताको शिखरमा पनि पुर्याए ।>
तर वित्तीय अनुशासनहीनता, बढ्दो घाटा र घट्दो विश्वासलाई व्यवस्थापन गर्नुको सट्टा उनीहरू एकअर्कालाई सिध्याउने होडबाजीमा लागे, परिणामतः उनीहरूले मिलेर सिर्जना गरेको विरासत नै विघटनको संघारमा छ ।>>