प्रधानमन्त्रीमा समर्थन गर्न शेरबहादुर देउवालाई प्रचण्डको एक दिने अल्टिमेटम

लाइभ न्यूज रफतार 2561+ समाचार ( )
८ पौष २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै सत्ता गठबन्धन कायम राख्ने भए आफूलाई पहिलो चरणमै प्रधानमन्त्रीमा समर्थन गर्न कांग्रेसलाई एक दिने अल्टिमेटम दिएका छन् ।

बालुवाटारमा बिहीबार साँझ भएको गठबन्धनका शीर्ष नेताहरूको छलफलका क्रममा प्रचण्डले शुक्रबारसम्म जवाफ दिन भनेपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निकट नेताहरूसँग छलफल थालेका छन् ।

बैठकमा प्रचण्डले गठबन्धनबाट कांग्रेसले सरकार चलाइसकेकोले अब आफूले पालो पाउनुपर्ने बताएका थिए । प्रचण्डको अडानमा देउवाले भने सहमति नजनाएको बालुवाटार स्रोतले बताएको छ ।

पाँच वर्ष आलोपालो सरकार चलाउनेमा समझदारी भए पनि पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्नेमा कांग्रेस र माओवादीबीच संघर्ष चलिरहँदा प्रचण्डले शुक्रबारभित्रै जवाफ दिन भनेका हुन् ।

देउवाले भने प्रधानमन्त्रीका लागि अढाई वर्ष पर्खन प्रचण्डलाई आग्रह गरेका थिए । शक्ति बाँडफाँटका अरु विकल्पमा छलफल गर्न सकिने देउवाको भनाइ छ ।

प्रतिक्रिया

पुरुषोत्तम श्रेष्ठ ८ पौष २०७९, शुक्रबार

२३ सित जितेको काँग्रेसले प्रधानमन्त्री पाउँछ भने १८ सित जित्ने माओवादिले किन प्रधानमन्त्री हुनपाउँदैन?

सम्बन्धित समाचार