सरकारलाई विराजभक्तको चेतावनी: यो भैँसीले बाघ मार्ने देश हो, रास्वपालाई नहेप्नू

लाइभ न्यूज रफतार 2782+ समाचार ( )
९ कार्तिक २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले भैँसीले बाघ मारेको देशमा सचेत रहन सरकारलाई चेतावनी दिएका छन् ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको समर्थनमा काठमाडौंमा आयोजित प्रदर्शनमा सहभागी भएर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद श्रेष्ठले रास्वपाका मात्र त्रुटि औँल्याउने काम गरे सरकार दुर्घटनामा जान सक्ने चेतावनी दिए ।“यो भैँसीले बाघ मार्ने देश हो । यहाँ रास्वपालाई नहेप्न म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,” “९७ अर्बको ठगी सहकारी क्षेत्रमा छ । तीन करोडको पछि सरकार किन लागिरहेको छ ?”श्रेष्ठले भने,  राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं केन्द्रित आन्दोलन थालेको छ । सभापति रवि लामिछानेलाई सहकारी ठगी आरोपमा कात्तिक २ गते प्रहरीले पक्राउ गरेको थियो । लामिछाने पक्राउपछि पोखरा केन्द्रित आन्दोलन गरेको रास्वपाले काठमाडौंमा आन्दोलन सुरु गरेको छ ।

माइतीघर मण्डलामा भइरहेको जुलुसमा रविका पक्षमा नारावाजी भइरहेको छ ।  आन्दोलनकारीले नारावाजीमा भनेका छन्, “हाम्रो रवि हाम्रो देश, प्राणभन्दा प्यारो छ, आकाश हेर निलो छ, हाम्रो रवि हिरो छ ।” उनीहरूले रवि लामिछाने सहकारी ठगीमा निर्दोष रहेको भनेर संसदीय समितिले भनेको भन्दै सरकारले पक्राउ गरेर फसाउने षडयन्त्र गरेको आरोप लगाएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार