मालपोत कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ३६ करोड राजस्व सङ्कलन गरेको छ, जुन आव २०७९/८० को तुलनामा छ करोडले बढी हो। कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाका अनुसार, गत आवमा ३० करोड २१ लाख ४९ हजार चार सय ३२ रकम सङ्कलन गरिएको थियो।
>
>
सङ्कलित रकममध्ये १२ करोड ८६ लाख ६७ हजार नौ सय ७४ सङ्घीय सञ्चित कोषमा र चार करोड ९५ लाख ७५ हजार दुई सय ८३ प्रदेश सञ्चित कोषमा दाखिला भएको छ। बाँकी १८ करोड १३ लाख आठ हजार नौ सय ७० मध्ये ६० प्रतिशत जिल्लाका १० स्थानीय पालिकामा र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा जमा गरिएको छ।>
>
जग्गा वर्गीकरण लागू हुँदा जिल्लाका अधिकांश जग्गा आवासीय क्षेत्रका रूपमा वर्गीकरण गरिएका कारण राजस्व सङ्कलनमा वृद्धि भएको बताइएको छ। कृषि जग्गाको तुलनामा आवासीय जग्गाको राजस्व दर बढी रहेकोले राजस्व वृद्वि भएको हो।>
>
यसबाहेक, बैँक तथा वित्तीय सङ्घसंस्थाले ऋण लगानी गरेर असुली गर्न नसकेपछि लिलाम गरी दाखिला खारेजी गर्दा, घरजग्गाको न्यूनतम मूल्य छाडेर धितोमा कारोबार लगायतका कार्यबाट उल्लेखनीय राजस्व सङ्कलन भएको देखिन्छ।>>