साफ यू २० च्याम्पियनसिपमा नेपाल समूह ए मा

लाइभ न्यूज रफतार 2514+ समाचार ( )
२७ जेठ २०८१

नेपालमा आयोजना हुने साफ यू २० च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार सार्वजनिक गरेको ‘ड्र’अनुसार आयोजक नेपाल समूह ए मा छ । यस समूहमा नेपालसहित चार टोली छन् भने समूह बी मा तीन टोली छन् ।

समूह ए मा नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंका छन् भने साविक विजेता भारतसहित माल्दिभ्स र भुटान समूह बी मा छन् । साफ यू २० च्याम्पियनसिप आगामी अगष्ट १६ देखि २८ सम्म नेपालमा आयोजना हुँदैछ । यसअघि २०२३ मा नेपालमै भएको साफ यू १९ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । अहिलेसम्म भएको पाँच संस्करणमध्ये भारतले ३ पटक र नेपालले २ पटक उपाधि जितेको छ ।

सन् २०१५ र २०१७ मा नेपालले सुरुवाती दुई संस्करणको उपाधि जितेको थियो । त्यसपछि भारतले लगातार तीन संस्करण जित्दै उपाधिमा ह्याट्रिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार