सुन आज २ हजार ४ सय बढ्यो, मूल्य हालसम्मकै उच्च

लाइभ न्यूज रफतार 3300+ समाचार ( )
३० चैत्र २०८०

अघिल्लो दिन तोलामा जम्मा २ सय रुपैयाँ घटेको सुन शुक्रबार फेरि नयाँ उचाइमा पुगेको छ ।

अघिल्लो दिनको तुलनामा यस दिन सुन प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको छ । हिजो प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य तोलामै ५० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७५० कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार