सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

लाइभ न्यूज रफतार 3749+ समाचार ( )
२८ पौष २०८२

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ हजार १ सय रुपैयाँ बढी हो ।

अघिल्लो दिन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएपछि नेपाली बजारमा प्रभाव देखिएको हो । चाँदीको भाउ प्रतितोला ५ हजार १९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी २०५ रुपैयाँ महँगिएको हो ।

हिजो प्रतितोला ४ हजार ९९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार