बहुमूल्य पहेँलो धातु सुनको भाउ बिहीबार एक्कासि तोलामा १ हजार १ सय रुपैयाँ बढेको छ ।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ हजार १ सय रुपैयाँ बढेर १ लाख २७ हजार ९ सय पुगेको छ । बुधबार १ लाख २६ हजार ८ सयमा किनबेच भएको थियो । त्यसैगरी तेजाबी सुन तोलामा १ लाख २७ हजार ३ सय रुपैयाँ पुगेको छ । बुधबार १ लाख २६ हजार २ सय थियो । >
त्यस्तै चाँदीको भाउ तोलामा २० बढेर १ हजार ५ सय १० रुपैयाँ पुगेको छ । बुधबार १ हजार ४ सय ९० रुपैयाँ थियो ।
>