उच्च मूल्य रेकर्ड बनाएको सुन आइतबार स्थिर

लाइभ न्यूज रफतार 2303+ समाचार ( )
१८ चैत्र २०८०

उच्च मूल्य रेकर्ड बनाएको सुन आइतबार स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ३० हजार रुपैयाँमा सुनको कारोबार भएको छ । यसअघि शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । सुनको यो मूल्य हालसम्मकै उच्च हो । दुई सातामै सुन तोलाको ५ हजार बढेको छ । चैत ४ गते तोलामा १ लाख २५ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य आइतबार स्थिर रहेको छ ।

प्रतितोला १ हजार ५२५ रुपैयाँमा चाँदीको कारोबार भएको छ । यसअघि चैत ८ गते चाँदी प्रतितोला १ हजार ५५५ रुपैयाँसम्म पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार