सुन प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार

लाइभ न्यूज रफतार 3138+ समाचार ( )
३० जेठ २०८१

स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ८२० रुपैयाँमा करोबार भएको छ ।

मंगलबार चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार