सुनको भाउ १ सय घट्यो

लाइभ न्यूज रफतार 3300+ समाचार ( )
९ जेठ २०८१

सुनको भाउ बुधबार तोलामा १ सय रुपैयाँ घटेको छ । हिजो १२ सय रुपैयाँ घटेको थियो ।

बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ तय गरेको छ । यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यसयता १३ सय रुपैयाँ घटेको छ । चाँदीको भाउ बढेको छ ।

हिजो १ हजार ८८५ रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँ बढेर १ हजार ९ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ हालसम्मकै उच्च १ हजार ९४० रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार