सुनको भाउ स्थिर , तोलाको १ लाख ४१ हजारमा कारोबार

लाइभ न्यूज रफतार 2514+ समाचार ( )
२८ जेठ २०८१

आइतबार तोलाको ४ हजार रुपैयाँले घटेको सुनको भाउ सोमबार स्थिर छ । शनिबार अन्तर्राष्ट्रिय बजारमा गिरावटसँगै आइतबार एकैदिन ४ हजार घटेको थियो ।

तर, आइतबार अन्तर्राष्ट्रिय बजारमा बन्द हुने सुन कारोबारले सोमबार नेपाली बजारमा आइतबारकै मूल्यमा सुन कारोबार भइरहेको छ ।  सोमबार छापावाला सुन तोलाको १ लाख ४१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलाको १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य पनि स्थिर छ ।

आइतबार तोलाको १ हजार ८ सय २५ रुपैयाँ रहेको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार