सुनको भाउ स्थिर , तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ मूल्य तय

लाइभ न्यूज रफतार 3138+ समाचार ( )
६ असार २०८१

सुनको भाउ तीन दिनदेखि स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महसंघले बुधबारका लागि पनि तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ ।

अघिल्ला दुई दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । सुनको मूल्य जेठ २५ गते हालसम्मकै उच्च तोलाको १ लाख ४५ हजार रुपैयाँसम्म पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ बुधबार तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८०५ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार