सुन १ सय घट्यो , तोलाको मूल्य १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार

लाइभ न्यूज रफतार 3138+ समाचार ( )
४ भाद्र २०८१

नेपाली बजारमा मंगलबार सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ ।

महासंघका अनुसार मंगलबार छापावाला सुन तोलाको मूल्य १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुन तोलामा १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार १ लाख ५२ हजार ६ सय रुपैयाँ थियो ।

त्यसैगरी मंगलबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर १ हजार ८ सय २० मा कारोबार भइरहेको छ । सोमबार र आइतबार दुवै दिन १ हजार ८ सय १० रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार