सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

लाइभ न्यूज रफतार 2514+ समाचार ( )
१ जेठ २०८१

आज साताको तेस्रो दिन छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ ।

छापावाला सुन प्रतितोला १ लाख ३७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको भाउ प्रतितोला १ लाख ३८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि सात रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार