सुन तोलामा ९ सय बढ्यो , प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ निर्धारण

लाइभ न्यूज रफतार 2864+ समाचार ( )
१२ मंगशिर २०८१

नेपालमा सुनको मूल्यमा ठूलो वृद्धि भएको छ।  बुधबार सुनको मूल्य तोलामा ९ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ ।

अघिल्लो दिन १ लाख ४८ हजार ७ सय रुपैयाँ थियो ।यसअघि कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । सरकारले भन्सार दर १० प्रतिशत घटाउनु र अन्तर्राष्ट्रिय बजारमा केही घटेपछि नेपालमा सुनको भाउ घटेको थियो ।

चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १८२० रुपैयाँ रहेको चाँदी यस दिन १८३० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार