आज सुनचाँदीको मूल्य घटेको छ , तोलामा एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार

लाइभ न्यूज रफतार 3138+ समाचार ( )
२ चैत्र २०८१

साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य घटेको छ । यसअघि शुक्रबार रेकर्ड मूल्य कायम गरेको सुन आइतबार ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ७४ हजार ५०० रुपैयाँ पुगेको थियो । जुन मूल्य इतिहासकै उच्च हो । यस्तै, आइतबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

शुक्रबार तोलाको दुई हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार तोलामा ५ रुपैयाँले घटेर दुई हजार ४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार