गत साता २११२ अंकमा रहेको सेयर बजार यो साता २०६८ अंकमा कायम भएको छ । एक साताको अवधिमा सेयर बजार ४४ अंक अर्थात् २.०८ प्रतिशतले घटेको छ । यो साता सोमबार सार्वजनिक विदा परेपछि ४ दिन मात्रै कारोबार भयो । >
पहिलो दिन आइतबार १७.०४ अंक घटेको बजार मंगलबार १८.७६ अंक घट्यो । बुधबार फेरि २.२७ अंक बढे पनि बिहीबार १०.४४ अंक घट्यो । बजार घट्दै जाँदा कारोबार रकम पनि केही घटेको देखिन्छ । आइतबार ५ अर्ब ४७ करोड रुपैयाँको कारोबार भयो । मंगलबार ४ अर्ब ५ करोड, बुधबार ३ अर्ब ४० करोड तथा बिहीबार ३ अर्ब ८७ करोडको कारोबार भयो । यो साता बजारलाई मुख्यतः विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिको प्रतिवेदनले बढी असर पार्यो । त्यो सुझाव मात्रै भएकाले कार्यान्वयन हुनेमा शंका छ । तर ठूला लगानीकर्ता/कारोबारीको मनोभावमा भने केही नकारात्मक असर पारेको देखिन्छ । >
सार्वजनिक सो प्रतिवेदनमा व्यवसायिक रुपमा सेयर कारोबार गर्ने व्यक्तिको आम्दानी गणना गरी उसलाई व्यक्तिगत आयकर ऐनअनुरुप नै कर लगाउनुपर्ने उल्लेख छ । यसो गर्दा धेरै नाफा गर्नेले ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने हुन सक्छ ।
>