टिकटक बन्यो ‘शार्क ट्यांक नेपाल’को मनोरञ्जन पार्टनर

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३ श्रावण २०८२

टिकटकले बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’सँग औपचारिक साझेदारीको घोषणा गरेको छ । जसअन्तर्गत शोको पहिलो सिजनका लागि टिकटक एक्सक्लुसिभ मनोरञ्जन पार्टनर हुनेछ ।

टिकटकले यो साझेदारीलाई नेपालकै मनोरञ्जन र उद्यमशीलताको क्षेत्रमा एउटा महत्वपूर्ण क्षणको रूपमा लिएको जनाएको छ । ‘किनभने विश्वव्यापी रूपमा प्रशंसित यो व्यवसायिक रियालिटी शो पहिलो पटक नेपालमा प्रस्तुत हुँदैछ’ टिकटकले विज्ञप्तिमा भनेको छ । टिकटकका दक्षिण एसियाली कन्टेन्ट अपरेसन्स लिड उमैस नविद भन्छन्, ‘शार्क ट्यांक नेपालसँगको यो साझेदारीले क्षेत्रीय क्रियटरहरूलाई सशक्त पार्ने र प्रेरणादायी उद्यमशील यात्राहरूलाई उजागर गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउँछ ।’यो सहकार्यले इनोभेसनलाई प्रवर्धन गर्ने, व्यवसायिक कथावाचनलाई प्रोत्साहित गर्ने र नेपालको स्टार्टअप इकोसिस्टममा योगदान पुर्‍याउने विश्वास लिएको टिकटकले जनाएको छ ।

‘पहिलो दिनबाटै यो परिवर्तनकारी प्लेटफर्मको हिस्सा बन्न पाएकोमा हामी गर्व गर्दछौं’ टिकटकले भनेको छ । अहिले शार्क ट्यांक नेपालका सबै शार्कहरू टिकटकमा सक्रिय रहेको र प्लाटफर्ममा उनीहरूले अनुभव, सुझाव र व्यवसायिक दृष्टिकोण दर्शकमाझ प्रस्तुत गरिरहेको टिकटकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार