दाङमा श्रीमतीलाई परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरि हत्या गरेको छ । नेपाली सेनाका अमल्दार ३६ वर्षीय शालिकराम बुढाथोकीले आज शुक्रबार बिहान ८ बजे जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्रीगाउँस्थित घरको कोठामा श्रीमती २७ वर्षीया टीका बुढाथोकीको हत्या गरी फरार भएकाे हाे । >
श्रीमतीको हत्या गरी फरार भएका अमल्दार शालिकराम बुढाथोकी तुलसीपुर बाहिनी चोकबाटै पक्राउ परेका छन् । शान्तिसेनाबाट फर्किएर घर बिदामा आएका बुढाथोकीले श्रीमतीलाई बिहान परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । >
खुकुरी प्रहार गर्ने शालिकराम इलाका प्रहरी कार्यालय तुलसीपुर तुलसीपुरको नियन्त्रणमा रहेका छन् । पक्राउ परेका बुढाथोकीले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेकाे प्रहरीले जनाएकाे छ ।>
>>