स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारलाई आर्थिक भार पर्नेगरी चिकित्सक/स्वास्थ्यकर्मीलाई अध्ययन तालिम वा काम गर्न जान सिफारिस नदिने भएको छ ।
>
मन्त्रालयबाट स्वीकृत नेपालबाट अन्य मुलुकहरूमा अध्ययन वा तालिम वा काम गर्न जाने नेपाली चिकित्सक स्वास्थ्यकर्मीहरूका लागि आवश्यकताको पत्र जारी गर्नेसम्बन्धी कार्यविधि २०८० मा यस्तो व्यवस्था गरिएको हो ।
>
यसरी जाँदा सरकारलाई थप आर्थिक भार पर्ने भएमा मन्त्रालयले अर्थ मन्त्रालयको सहमतिमा मात्रै आवश्यकताको सिफारिस पत्र उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ ।
>
कार्यविधिअनुसार अध्ययन तालिम वा काम गर्न जाने चिकित्सक, स्वास्थ्यकर्मी कम्तीमा एक वर्ष सेवा गरेको हुनुपर्ने छ । छात्रवृत्तिमा अध्ययन गरेको भए छात्रवृत्ति करार सेवा पूरा गरेको हुनुपर्नेछ ।
>
>
>
>
>
>>