टी-२० विश्वकप :वेष्टइन्डिजको लगातार दोस्रो जित

लाइभ न्यूज रफतार 2864+ समाचार ( )
२७ जेठ २०८१

टी-२० विश्वकप-२०२४ मा वेष्टइन्डिजले युगान्डालाई फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ । प्रोविडेन्समा आज बिहान भएको खेलमा वेष्टइन्डिजले युगान्डालाई सस्तैमा समेट्दै १३४ रनले पराजित गरेको हो ।

वेष्टइन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमा मात्र ३९ रन बनाएर अलआउट भयो । युगान्डाका जुमा मियागीले अविजित १३ रन बनाउनु बाहेक अन्य कसैले पनि दोहोरो अंक जोड्ने मौका नै पाएनन् ।

युगान्डालाई सस्तैमा समेट्ने क्रममा वेष्टइन्डिजका अकिल हुसैनले एक्लै ५ विकेट लिए । यस्तै, अल्जारी जोसेफले २, रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो ।

वेष्टइन्डिजका जोनसन चार्ल्सले ४४, आन्द्रे रसेलले ३०, रोभम्यान पावेलले २३, शेरफेन रदरफोर्ड र निकोलस पुरनले २२\२२, ब्रेन्डन किंगले १३ र रोमारियो शेफर्डले ५ रन जोडे ।

युगान्डाका ब्रायन मसाबाले २, दिनेश नाक्रानी, कसमस केइवुता र अल्पेश रामजानीले एकरएक विकेट लिए ।

वेष्टइन्डिजले पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग पराजित भएको युगान्डाले अर्को खेलमा पपुवान्यूगिनीलाई नै पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार