टी–२० फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग आगामी मंसिर १५ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रतियोगिताको मिति घोषणा गरेको हो । १५ मंसिरदेखि हुने प्रतियोगिता ६ पुससम्म चल्नेछ ।>
नेपाल प्रिमियर लिग (एनपीएल)हुने निश्चित भएसँगै खेलाडीमा उत्साह बढेको छ । एनपीएलले खेलाडीमा उत्साह बढाएको हो । नेपाली राष्ट्रिय टीमका कप्तानसहित अधिकांश खेलाडीले आफ्नो अफिसियल आइडी तथा पेजको प्रोफाइल र कभरमा एनपीएलको लोगो राखेका छन् । कप्तान रोहित पौडेल, पूर्वकप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्सन झा, ललित राजवंशी, अभिनाश बोहरा, अनिलकुमार शाह, प्रतिश जिसी, भीम सार्कीले एनपीएलको लोगो अकाउन्टमा पोस्ट्याएका हुन् । क्यानका सचिव पारस खड्का र क्यानको अफिसियल पेजले पनि एनपीएलको लोगो राखेका छन् ।>
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एनपीएलको मिति र लोगो सार्वजनिक गरेको थियो । क्यानले सार्वजनिक गरेको मितिअनुसार आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म एनपीएल हुनेछ ।
>