टिकटकको मुख्य कम्पनी बाइटडान्सले आफ्नो मूल्य ३०० अर्ब अमेरिकी डलर पुगेको मूल्यांकन गरेको छ । हालै नयाँ लगानीकर्ता थपिएपछि कम्पनीको मूल्य बढेको बताइएको छ । >
नयाँ लगानीकर्ता यसअघिको मूल्य १६० डलर प्रतिसेयरबाट बढेर १८०.७० डलर प्रतिसेयरमा लगानी गर्न लागेको रोयटर्सले उल्लेख गरेको छ । बाइटडान्सले हालसम्म आईपीओ जारी गरेको छैन । कम्पनीले यस्तै सेयर खरिद कार्यक्रमबाटै तरलता बढाउने गर्छ । यसअघि सन् २०२३ को डिसेम्बरमा ५ अर्ब डलर बराबरको लगानीपछि कम्पनीको मूल्य २६८ अर्ब पुगेको थियो । >
गत वर्षका बाइटडान्सको विश्वव्यापी आम्दानी ३० प्रतिशतले बढेर ११० अर्ब अमेरिकी डलर पुगेको थियो । कम्पनीले अमेरिकी कडाइको सामना भने गरिरहेको छ ।>