दुई विभागीय टीम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् । >
बुधबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई ८ विकेट र पुलिसले कोशी प्रदेशलाई १५४ रनले पराजित गरेका छन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा जितका लागि पाएको ११८ रनको लक्ष्य पछ्याएको आर्मीले २३ ओभर ५ बलमा २ विकेटको नोक्सानीमा ११९ रनको लक्ष्य भेट्टायो । उसको जितमा सन्तोष कार्कीले अविजित ५५ रनको अर्धशतकीय पारी खेले । >
यस्तै तृतराज दासले ३१ र कप्तान विनोद भण्डारीले नटआउट २० रन जोडे । बलिङमा सुदूरपश्चिमका शेर मल्ल र मिलन बोहराले १-१ विकेट लिए ।>