मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण मुद्दा सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासमा 'हेर्न नमिल्ने' भएको छ। यससँगै उक्त मुद्दाको अर्को सुनुवाइ मंगलबारका लागि तोकिएको छ।
>
>
प्रसाईलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए। यस रिटमा असोज ८ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीलाई कारण देखाउ आदेश जारी गरेको थियो।>
>
प्रसाईलाई एक साताअघि प्रहरीले पक्राउ गरेको थियो र उनलाई साइबर अपराधको मामलामा अनुसन्धान भइरहेको बताइएको छ।>>