दुर्गा प्रसाईँलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश

लाइभ न्यूज रफतार 2736+ समाचार ( )
१५ अशोज २०८१

साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ५०/५० हजार रूपैयाँ धरौटी मागेको हो। यसअनुसार, प्रसाईँले एक लाख रूपैयाँ धरौटी बुझाउनु पर्नेछ।


प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार ५ वर्षसम्म कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको थियो।उनी ९ दिनअघि पक्राउ परेका थिए।


प्रतिक्रिया

सम्बन्धित समाचार