नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश , नेपाल र जोर्डनबीचको फाइनल खेल बिहीबार हुने

लाइभ न्यूज रफतार 2303+ समाचार ( )
१६ फाल्गुन २०८०

दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको गोलमा लेवनानविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

नेपालले अब उपाधिका लागि साविक विजेता जोर्डनको सामना गर्नेछ । जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडिययमा भएको दोस्रो सेमिफाइनलमा नेपालले एक गोलले पछि परेको स्थितिबाट पुनरागमन गरेको हो ।  पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपाल अब उपाधिबाट एक कदम मात्र टाढा छ । तर नेपालको अबको प्रतिद्वन्द्वी सर्वाधिक ५ पटकको विजेता तथा साविक विजेता जोर्डन छ ।

नेपाल र जोर्डनबीचको फाइनल खेल बिहीबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार