असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने सम्भावना, सतर्क रहन आग्रह

लाइभ न्यूज रफतार 3445+ समाचार ( )
४ असार २०८२

असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेकोभन्दै सतर्क रहन आग्रह गरिएको छ ।

असार ३ गतेदेखि ७ गतेसम्म चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले सतर्क रहन आग्रह गरेको छ । चीनको प्रहरी कार्यालयले चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै सूचना जारी गरेको थियो ।

सोही सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपास (भोटेकोशी, बाह्रबिसे, त्रिपुरासुन्दरी, सुनकोशी, बलेफी र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी/सुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुनसक्ने बताएको छ । नदी आसपास क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन कार्यालयले आग्रह गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार