वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क

लाइभ न्यूज रफतार 2514+ समाचार ( )
२७ जेठ २०८१

विश्व ब्रेन ट्युमर दिवसको अवसरमा वीर अस्पतालमा एक महिना ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने भएको छ ।

राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झाले विज्ञप्तिमार्फत उक्त घोषणा गरेका हुन् । ‘ब्रेन ट्युमर डे हरेक वर्ष जुन ८ का दिन मनाइन्छ । जेठ २६ देखि असार १६ गतेसम्म वीर अस्पतालमा ब्रेन ट्युमरको उपचारका लागि आउनु हुने बिरामीलाई अप्रेसन शुल्क शतप्रतिशत छुट गरिएको छ,’ डा. झाले भनेका छन् ।

ब्रेन ट्युमरसम्बन्धी लक्षण र यसका जोखिमहरु समयमा पहिचान गर्ने र समयमै उपचारको पहल गर्ने हो भने यस रोगबाट पर्ने असर कम गर्न सकिने डा. झाको भनाइ छ ।



प्रतिक्रिया

सम्बन्धित समाचार