विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले इजिप्ट (प्राचीन नाम मिस्र) लाई आधिकारिक रुपमा मलेरियाबाट मुक्त घोषणा गरेको छ ।>
इजिप्टलाई मलेरियाबाट मुक्ति दिलाउने यो सफलता करिब एक शताब्दीको प्रयासपछिको परिणाम हो । इजिप्ट प्राचीनकालदेखि नै मलेरियाबाट त्रस्त थियो ।संयुक्त राष्ट्रसंघको स्वास्थ्य एजेन्सी डब्ल्यूएचओका महानिर्देशक डाक्टर डाक्टर टेड्रोस एड्हानोम गेब्रेयससले सोमबार भनेका छन्, ‘मलेरियाको बिमारी त्यति पुरानो हो जति स्वयं इजिप्टको सभ्यता प्राचीन छ । >
तर इजिप्टको प्राचीन शासकहरुलाई सताउने यो बिमारी अब इतिहासका पन्नामा समेटिएको छ र भविष्यका लागि यसको खतरा समाप्त भएको छ ।’ उनले भने, ‘इजिप्टलाई मलेरिया मुक्त घोषणा गर्ने यो निर्णय वास्तवमै ऐतिहासिक हो र यो त्यहाँका जनता र सरकारको प्रतिबद्धताको प्रमाण पनि हो ।’>