विश्वकप टी–२० क्रिकेटमा आज नेपालले नेदरल्याण्ड्ससँग सामना गर्दैछ । खेल बेलुकी सवा ९ बजे अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रंगशालामा हुनेछ । >
विश्वकपको समुह ‘डि’ मा नेपालसँगै नेदरल्याण्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् । यो समुहको पहिलो खेलमा सोमबार दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको छ । समुहका पाँचमध्ये शीर्ष दुई टोली विश्वकपको सुपर आठ चरणमा प्रवेश गर्नेछन् । नेपाल आज नेदरल्याण्ड्सलाई हराउँदै विश्वकपम ाविजयी सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।>
पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको नेपाल अहिले दोस्रो पटक विश्वकप खेल्दैछ ।
>