पिकनिक गएको बस दुर्घटना : ३५ जना घाइते

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
बस दुर्घटना
१५ पौष २०८०

 दाङमा पिकनिकका लागि गएको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

घाइते चार जनालाई उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ भने अन्य ३१ जना घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बर्दियाबाट पिकनिकका लागि दाङ जाँदै गरेको बस आज बिहान राप्ती राजमार्गअन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डमा दुर्घटनामा परेको थियो ।

बसमा   ४० जना यात्रु रहेका थिए । बस बर्दियाको बढैयाताल गाउँपालिका– ६ मैनापोखरको पिपरहवाको कृषक समूहबाट दाङको दंगिशरण गाउँपालिका– ३ मा रहेको चखौरा थारु संग्रहालयमा पिकनिकका लागि जाँदै थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार