खराब मौसमले नेपाली क्रिकेट टोलीको वेस्ट इन्डिज उडान रद्द

लाइभ न्यूज रफतार 3032+ समाचार ( )
३१ जेठ २०८१

मौसममा खराबी आएपछि आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै रोकिएका छन् ।

निरन्तर वर्षाका कारण अन्तर्राष्ट्रिय उडान रद्द भएपछि नेपाली क्रिकेट टोलीको यात्रा पनि प्रभावित भएको हो । नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणका २ खेल खेल्न नेपाली टिम बुधबार वेस्ट इन्डिज जाने तालिका थियो । वेस्ट इन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने तालिका छ । भारी वर्षाका कारण मंगलबार श्रीलंका र नेपालबीचको खेल पनि रद्द हुन पुगेको थियो । खेल रद्द हुुँदा दुवैले अंक बाँडेका थिए । नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

अमेरिकाको दक्षिणी क्षेत्र फ्लोरिडामा भारी वर्षा भइरहेकाले सचेत रहन अमेरिकी सरकारले सूचना जारी गरेको छ । यो साताको अन्तिमसम्म वर्षा जारी रहने सम्भावना भएकाले फ्लोरिडा लगायत क्षेत्रमा आँधिसहित बाढी आउन सक्ने समेत सचेत गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार