नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टी-२० विश्व वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा पुगेका छन्। यो उपलब्धि नेपाली क्रिकेटका लागि ऐतिहासिक मानिन्छ, किनकि यसअघि कुनै नेपाली खेलाडीले आइसिसी वरीयताको कुनै पनि क्याटागोरीमा दोस्रो स्थानमा पुग्न सकेका थिएनन्।
>
>
दीपेन्द्रले चार स्थानको फड्को मारेर यो सफलता हासिल गरेका हुन्। इंग्ल्यान्डका लियाम लिभिङस्टोनलाई पहिलो स्थानमा पाएका छन्। उनले अस्ट्रेलियाका मार्कस स्टोइनिस (तेस्रो), जिम्बावेका सिकन्दर राजा (चौथो), श्रीलंकाका विनन्दु हसरंगा (पाँचौं) र अफगानिस्तानका मोहमद नाबी (छैटौं) लाई पछाडि पार्दै यो उच्च स्थानमा पुगेका छन्।>
भारतीय अलराउन्डर हार्दिक पाण्ड्या सातौं स्थानमा छन् भने पाकिस्तानका इमाद वासिम आठौं स्थानमा छन्।
>
नेपालका कुशल मल्ल ४०औं स्थानमा रहेका छन्। दीपेन्द्र टी-२० ब्याटिङ वरीयतामा पनि उक्लेर ४३औं स्थानमा पुगेका छन्, जबकि रोहित पौडेल ६१औं, आसिफ शेख ७०औं र कुशल मल्ल १००औं स्थानमा छन्।
>
दीपेन्द्र टी-२० बलिङ वरीयतामा ७०औं स्थानमा रहेका छन्, भने सोमपाल कामी ९१औं स्थानमा छन्।
>>