आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा भागदौडमा चारजनाको मृत्यु

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२५ पौष २०८१

आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा बुधबार राति भएको भागदौडमा चारजनाको मृत्यु भएको छ ।

मन्दिरको वैकुण्ठ गेटमा दर्शनका लागि टोकन बाँड्ने क्रममा भागदौड भएको थियो । उक्त भागदौडमा थुप्रै मान्छे घाइते भएका बीबीसीले जनाएको छ ।  आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले भागदौडमा चार भक्तजनको मृत्युप्रति दुःख व्यक्त गरेका छन् ।

माघ १० गतेदेखि सुरु हुने दश दिने वैकुण्ठ द्वार दर्शनका लागि देशभरबाट ठूलो संख्यामा भक्तजनको घुइँचो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार