अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका बेला समेत भिजिट भिसाका नाममा सेटिङमा युवा विदेशी रहेको खुलेपछि विमानस्थल अध्यागमनमा थप कडाइ गरिएको छ । >
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा बसेको विभिन्न निकायको बैठकपछि विमानस्थलमा थप कडाइ गर्न थालिएको हो । अहिले विदेशी नागरिकलाई नो अब्जेक्सन लेटर (एनओसी) विना विदेश जान पूर्णत: रोक लगाइएको छ भने त्यसको विवरण स्क्यान गरेर राख्न समेत भनिएको छ । हाल अख्तियारको छानबिनमा रहेका सहसचिव तीर्थराज भट्टराई विमानस्थल अध्यागमनको प्रमुख रहेका बेला विमानस्थलबाट चार महिनामा २१२ जना भारतीय नागरिक विना एनओसी विदेश गएको खुलेको थियो । >
तीमध्ये कतिपय नक्कली एनओसीका आधारमा समेत गएको भेटिएका थिए । त्यसपछि काठमाडौंस्थित भारतीय दूतावासले पनि चासो देखाएको थियो । यसपछि विमानस्थलबाट अहिले दिनहुँ भारतीय नागरिकहरुलाई फर्काइने गरिएको स्रोतले जनाएको छ ।>>