लस एन्जलस क्षेत्र डढेलोको चपेटामा परेकै बेला लुटपाट

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२९ पौष २०८१

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्र डढेलोको चपेटामा परेकै बेला लुटपाट मच्चिएको छ । डढेलोका कारण घरहरु खाली गरिएपछि लुटेराहरुको समुह प्रवेश गरी व्यापक लुटपाट मच्चाएकाले डढेलो प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।

स्थानीय समय अनुसार बिहान ६ बजेदेखि साँझ ४ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको हो । डढेलो बस्तीसम्म प्रवेश गरेपछि हजारौं स्थानीयले घर छा्ड्न थालेकाले लुटपाट मच्चिएको हो ।लस एन्जलस प्रहरी प्रमुख माइक लोरेन्टका अनुसार डढेलो प्रभावित क्षेत्रमा लुटपाटले ठूलो समस्या निम्तिएको जनाउँदै लुटपाटमा सलग्न दर्जनौलाई पक्राउ गरिएको छ । लुटपाट रोक्नका लागि चार सयजना प्रहरी खटाइएको छ । डढेलोमा हालसम १६ जनाको मृत्यु भइसकेको छ ।

यस्तै ११ जना बेपत्ता भएका छन् भने लाखौँ मान्छे घरबारविहीन भएका छन् । यसैबीच क्यानाडाले लस एन्जलसको जंगलमा लागेको डढेलो नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रक र हेलिकप्टर पठाएको छ यद्दपी अझै पनि डढेलो नियन्त्रणमा आएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार