कास्कीको पोखरा आसपास भूकम्पको धक्का महसुस

लाइभ न्यूज रफतार 3749+ समाचार ( )
७ जेठ २०८२

कास्कीको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीका अनुसार पोखरा आसपास कम्पन महसुस भएको हो।

भूकम्पको केन्द्र कास्कीको सिनुवा आसपास रहेको र भूकम्प ४.७ म्याग्निच्युडको रहेको अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार