आँपको मूल्य घट्यो, विभिन्न जातका आँप भित्रिए

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१७ जेठ २०८२

बजारमा आँपको मूल्य घटेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकले शुक्रबार आँपको मूल्य घटेको देखाएको हो ।

बजारमा दुई सताअघिदेखि विभिन्न जातका आँप भित्रिएको छ । अहिले मालदह, दसहरी लगायत आँप किन्न पाइन्छ । कालीमाटी बजारमा आज दसहरी आँपको मूल्य घटेको छ । दसहरी आँपको प्रतिकिलो मूल्य बिहीबारको तुलनामा आज शुक्रबार ८६ रुपैयाँले घटेको छ ।

बिहीबार दसहरी आँप प्रतिकिलो १ सय ७६ रुपैयाँमा किनबेच भएको थियो । आज भने उक्त आँप प्रतिकिलो ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार