देशभरका ७५३ स्थानीय तहमध्ये ५५७ वटाले आर्थिक वर्ष २०८०/८१ को बजेट पेस गरेका छन् ।>
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार २०६ वटा स्थानीय तहले अझै आर्थिक वर्ष २०८०/८१ को बजेट पेस गरेका छैनन् । हालसम्म आगामी आर्थिक वर्षको बजेट पेस गरिसक्ने स्थानीय तहमा कोसी प्रदेशका ९३, मधेस प्रदेशका ६९, वाग्मती प्रदेशका ८५, गण्डकी प्रदेशका ७६, लुम्बिनी प्रदेशका ८९, कर्णाली प्रदेशका ७२ र सुदूरपश्चिम प्रदेशका ६३ वटा रहेका छन् ।>
यस्तै, बजेट पेस नगर्ने स्थानीय तहमा कोसी प्रदेशका ४४, मधेस प्रदेशका ६७, वाग्मती प्रदेशका ३४, गण्डकी प्रदेशका नौ, लुम्बिनी प्रदेशका २०, कर्णाली प्रदेशका सात र सुदूरपश्चिम प्रदेशका २५ वटा रहेका छन् ।>>