सम्भावित जोखिम न्यूनीकरणका लागि बीपी राजमार्गमा १ साउनदेखि रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । >
बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला प्रशासन कार्यालय सिन्धुलीले मंगलबार बेग्ला-बेग्लै विज्ञप्ति जारी गर्दै रातिको समयमा निजी तथा सार्वजनिक सवारी चलाउन रोक लगाएका हुन् । >
सूचना अनुसार १ साउनदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म (रातिको समयमा) बीपी राजमार्गमा निजी तथा सार्वजनिक सवारी चलाउन पाइने छैन । प्रायः हरेक दिन राजमार्ग अवरुद्ध हुन थालेपछि ७ असारदेखि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा गाडी चलाउन रोक लगाइएको थियो ।>
सम्भावित जोखिम न्यूनीकरणका लागि गाडी रोकिने समय डेढ घण्टा लम्ब्याइएको सूचनामा उल्लेख छ ।>>