जनता समाजवादि पार्टिका नेता राजकुमार यादवका छोराले नगर प्रहरीलाई वडा प्रहरी कार्यालयभित्रै कुटपिट गरेको एक भिडियोमा देख्न सकिन्छ ।
>
जसपा नेता राजकुमार यादवका छोरा आशिष यादवले वडा प्रहरी कार्यालयभित्रै महानगर प्रहरीमाथि कुटपिट गरेका छन् । >
जसपा नेता राजकुमार यादबको कोशी अस्पतालको गेट नजिकै औषधिको पसल छ । सो ठाँउ अत्याधिक भिड भाड भएकाले नो पार्किङ गरिएको छ । नेता एवम औषधि व्यवसायी यादबको पसल अगाडि नै रहेका एक सिटि रिक्साले नो पार्किङमा सवारि पार्क गर्दा महानगरले हुइल लक गरेका थिए । >
हुइल लक गर्दा , राजकुमार यादबले हुइल लक खोल्न नगर प्रहरीलाई आग्रह गरेका थिए । पछि लक नखोल्दा नगर प्रहरी भएको बेला नै नोक झोक र धकेलाधकेली भएको राजकुमार यादबले स्वीकारेका छन् । धकेला धकेलीको समयमा एक जना नगर प्रहरी मात्र थिए । पछि नगर प्रहरीलाई हातपात पस्चात थप नगर प्रहरीहरु उनलाई वडा प्रहरी कार्यलयमा बुझाएका थिए । वडा प्रहरी कार्यलयमा लिएर जाने क्रममा एक भिडियो सार्वजनिक भएको थियो जस्मा राजकुमारलाई उनकै पसलबाट लिएर नगर प्रहरीले वडा प्रहरी कार्यलयमा बुझाएका थिए । उक्त भिडियो सार्वजनिक भए पछि नगर प्रहरीको आलोचना भएको छ । >
यता राजुकुमार र नगर प्रहरीको बिचको भएको धकेला धकेलीको भिडियो भने कहि कति पनि सार्वजनिक भएको छैन । >
यता राजकुमार यादबको छोरा आशिष यादबले भने , नेपाल प्रहरीको कार्यलय भित्रै नगर प्रहरीलाई कुटेको एक भिडियोमा देख्न सकिन्छ । >
नेता राजकुमार यादव र महानगर प्रहरीबीच भएको विवादका विषयमा छलफल चलिरहेकै बेला पुगेका छोरा आशिषले नगर प्रहरीमाथि हातपात गरेका थिए । >
अब आइन्दा विवादलाई थप अगाडि बढाउन नदिने भनेर वडा प्रहरी कार्यालयमा छलफल गरी मिलापत्रसमेत भएको थियो । घटनाअनुसार बुधबार कोशी अस्पतालको गेट अगाडि पार्किङका विषयमा नेता यादवले नगर प्रहरीमाथि हातपात गरेका थिए । थप घटना हुन नदिन नगर प्रहरीले नेता यादवलाई वडा प्रहरी कार्यालयको जिम्मा लगाएको थियो । सोही विषयमा छलफल चलिरहेकै बेला नेता यादवका छोराले नगर प्रहरीमाथि कुटपिट गरेका थिए ।>
>>
याे हाेनि सत्यतथ्य समाचार।