सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२१ अशोज २०८१

काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ । आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ ।


बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए ।थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया

सम्बन्धित समाचार