काभ्रेमा अज्ञात समूहले बुद्धचित्तको रुख काटेर घरमा सकेट बम राखेको फेला परेको छ । >
मध्यरातमा काभ्रेको रोशी गाउँपालिका- ५ नागबेलीस्थित ठाकुरानी तामाङको घरमा बम राखी बुद्धचित्त मालाको रुख काटेको हो । बुद्ध चित्तको मुल मालाको पुरानो बोट काटेर तीन घरको आँगनमा ४ वटा सकेट बम राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले बताए । उनका अनुसार अहिले घटनास्थलमा सशस्त्र प्रहरी,नेपाल प्रहरी र नेपाली सेना खटिएका छन् ।>
१५/ २० जनाको अज्ञात समूहले रुख काटेको पाइएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ । बोधिचित्त महंगो मूल्यमा ब्रिकी हुदै आएको छ।>>