सरकारले घटायो चिनीमा लाग्दै आएको भन्सार

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१७ जेठ २०८२

सरकारले चिनीमा लाग्दै आएको भन्सार शुल्क घटाएको छ । यसअघि सार्क मुलुक र अन्य तेस्रो देशबाट आयात हुने चिनीमा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएकोमा घटाएर १५ प्रतिशतमा झारिएको हो ।

अब सार्क मुलुक र अन्य तेस्रो देशबाट चिनी आयात गर्दा १५ प्रतिशत मात्रै भन्सार शुल्क लाग्ने छ । यस्तै सरकारले मिश्री र सखरको भन्सार शुल्क पनि घटाएको छ । मिश्री र सखर आयातमा लाग्ने गरेको ३० प्रतिशत भन्सार शुल्क पनि घटाएर १५ प्रतिशतमै झारिएको छ ।

स्वदेशी उद्योग संरक्षण गर्ने भन्दै चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क लगाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार